काभ्रे । आज (शनिबार) काभ्रे जिल्लामा ३० जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिकाबाट ११ महिला ७ जना पूरुष, पनौती नगरपालिकाबाट ४ महिला ३ पुरुष, धुलिखेल नगरपालिकाबाट १ महिला ३ पुरुष र पाँचखाल नगरपालिकाबाट १ पुरुष, गरी ३० जनालाई कोरोना पुष्टि भएको छ । बनेपा नगरका ७८ बर्षिय महिलाको कोरोनाबाट मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस