काभ्रे । आज (शनिबार) काभ्रे जिल्लामा ६४ जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिकाबाट ११ महिला १६ जना पूरुष, धुलिखेल नगरपालिकाबाट ६ महिला ६ पुरुष, पनौती नगरपालीकाबाट २ महिला ६ पुरुष, पाँचखाल नगरपालिकाबाट ४ महिला २ पुरुष, नमोबुद्ध नगरपालिकाबाट १ महिला, मण्डनदेउपुर नगरपालीकाबाट ४ महिला ३ पुरुष, तेमाल गाउंपालिकाबाट १ पुरुष, महाँभारत गाउंपालिकाबाट १ पुरुष, चौरीदेउराली गाउंपालिकाबाट १ गरी ६४ जनालाई कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस