२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

मंसिर १७ गतेसम्म निषेधाज्ञा जारी


२८६७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ कार्तिक २२, शनिबार मा प्रकाशित ३ साल अघि
  • रौतहट । रौतहट जिल्लाभरी लागू हुनेगरी अगामी मंसिर १७ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लामा कोरोनाबाट मर्नेको संख्या र संक्रमित बढेसँगै निषेधाज्ञा जारी गरेको हो । शुक्रबार एक सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ तथा संक्रामक रोग ऐन २०२० को दफा ३ र ४ अनुरुप आज राती १२ बजेदेखि लागू हुनेगरी मंसिर १७ गते सम्मको लागी निषेधाज्ञा जारी गरिएको हो ।

    रौतहट जिल्लामा कोभिडबाट १४ जनाको ज्यान गइसकेको तथा हाल १ सय ७४ जना संकृय संक्रमित रहेको रहेका छन् ।  दिपावली छठ तथा बागमती नदीमा लाग्ने पूर्णिमा पर्वमा भीडभाड नगरी यसवर्ष घरमै बसेर चाडपर्व मनाउन सिडियो ईन्द्रदेव यादवद्वारा हस्ताक्षरित सूचनामा उलेख छ । कोभिड १९ को संक्रमण न्युनिकरण गर्न स्वास्थ र सुरक्षा मापदण्ड तथा प्रोटोकलको पालना गर्दै जनजीवन अनुकूल तुल्याउन आवश्यक देखिएको हुँदा निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ ।

    सूचानमा निषेधाज्ञा अवधिमा सार्वजनिक खेलकुद, नाच तमासा, मेला भिडभाड, जात्रा महोत्सव, भोज भतेर, हाटबजार, सभा र जुलुस प्रदर्शन नगर्न अनुरोध गरिएको छ । साथै विधालय शिक्षा सम्बन्धी आकास्मिक कार्ययोजना, २०७७ तथा विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ विपरित कार्य नर्गन समेत अनुरोध गरिएको छ । निर्देशन विपरित गर्ने गराउनेलाई कानूनी कार्वाहीको दायरामा ल्याउने चेतावनी समेत दिइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार