काभ्रे । आज (मंगलबार) काभ्रे जिल्लामा ५४ जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिकाबाट १० महिला ११ पूरुष, धुलिखेल नगरपालिकाबाट ११ महिला १४ पुरुष, पाँचखाल नगरपालिका २ महिला १ पुरुष ,पनौती नगरपालिका १ महिला १ पुरुष, भुम्लु गाउंपालिका १ पुरुष, महाँभारत गाउंपालिका १ पुरुष र खानिखोला गाउंपालिका १ पुरुष गरी ५४ जनालाई कोरोना पुष्टि भएको छ ।
आजसम्म काभ्रेमा २१०१ जनामा कोरोना पोजेटिभ देखिएकोमा १५२४ जनालाई निको भएको छ । सक्रिय संक्रमित ५५० जना, अस्पताल र होम आईसोलेसनमा रहेर उपचार हुंदै छ भने मृतकको संख्या २७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. झाले जानकारी गराउनु भयो ।
प्रतिक्रिया दिनुहोस