२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

लवग्रीन जापानको सहयोगमा पशुको निःशुल्क उपचार


२४६५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ कार्तिक २६, बुधबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । काभ्रे जिल्लाको कृषि तथा पशुको लागि अति महत्वपुर्ण स्थानको रुपमा परिचित कृषि नगरी पाँचखालका पशुपालक कृषकहरुलाई हौसला प्रदान गर्ने उद्देश्येले लवग्रीन जापानको सहयोगमा निःशुल्क उपचार गरेको छ ।

    विगत २८ बर्षदेखि पाँचखाल र आसपासका क्षेत्रमा कृषि, पशु, वातावरण, लगायतको क्षेत्रमा योगदान गर्दै आएको लवग्रीन नेपालको आयोजनामा सम्पन्न भएको कृषि पर्यावरण तथा पशुपालन सुधार कार्यक्रम सम्पन्न भएको थियो ।
    पाँचखाल नगरपालिका वडा नं १ घुमाउने चौरमा आयोजित उक्त कार्यक्रममा ८७ पशुको गोबर जाँच गरेको थियो । गोबर जाँचबाट आन्तरिक परजिविको समस्या भएका पशुहरुलाई निःशुल्क औषधी उपलब्ध गराएको थियो ।

    कार्यक्रममा लवग्रीन नेपालका कार्यकारी निर्देशक नारायण प्रसाद ज्ञवालीले भन्नुभयो—एकातर्फ ग्रामीण क्षेत्रमा प्राविधिक सेवा पुर्याउन कठिन र अर्को तर्फ पशुजाँच गराइ औषधी खुवाउने प्रचलन नभएकोले दुध उत्पादन घट्ने साथै कहिलेकाही पशु अल्पायूमा मर्ने हुँदा कृषकहरुलाई नोक्सानी भएको बताउनु भयो । ग्रामीण क्षेत्रमा भरपर्दो पशुसेवा प्रदान गर्न सके दुध उत्पादनमा बृद्धि हुने जसको कारण कृषकको आम्दानी बढ्ने साथै पशुधनको सुरक्षा हुने बताउनु भयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार