२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

आज काभ्रेमा ४७ लाई कोरोना पुष्टि


२३८७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ कार्तिक २७, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । आज (विहिबार) काभ्रे जिल्लामा ४७ जनालाई कोरोना पुष्टि भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिकाबाट ६ महिला १० पूरुष, धुलिखेल नगरपालिकाबाट १३ महिला १० पुरुष, पनौती नगरपालिका बाट १ महिला २ पुरुष, पाँचखाल नगरपालिकाबाट १ महिला, बेथानचोक गाउंपालिका बाट १ पुरुष, रोशी गाउंपालिकाबाट १ पुरुष १ महिला र नमोबुद्ध नगरपालिकाबाट १ पुरुष गरी ४७ जनालाई कोरोना पुष्टि भएको छ ।

    आजसम्म काभ्रेमा २१६६ जनामा कोरोना पोजेटिभ देखिएकोमा १६०९ जनालाई निको भएको छ । सक्रिय संक्रमित ५३० जना, अस्पताल र होम आईसोलेसनमा रहेर उपचार हुंदै छ भने मृतकको संख्या २७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. झाले जानकारी गराउनु भयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार