काभ्रे । आज (शुक्रबार) काभ्रे जिल्लामा ३६ जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा धुलिखेल नगरपालिकाबाट ७ पुरुष ५ महिला, बनेपा नगरपालिकाबाट २ महिला ९ पुरुष, पनौती नगरपालिका बाट ३ महिला ५ पुरुष, पाँचखाल नगरपालिकाबाट १ महिला १ पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट १ महिला १ पुरुष र नमोबुद्ध नगरपालिकाबाट १ महिला गरी ३६ जनालाई कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस