काभ्रे। काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं ८ मल्पिमा रहेको भालेश्वर माध्यमिक विद्यालयको भवन शिलान्यास भोलि (सोमबार) विहान ८ बजे पुर्व सुचना प्रविधि एवं सहरी विकास मन्त्री गोकुल बाँस्कोटाबाट हुने भएको छ ।
एशियालि विकास बैंको ऋण सहयोगमा निर्माण हुन लागेको ३६ कोठे विद्यालय भवन शिलन्यास कार्यक्रमको बिषयलाई लिएर पर्चा छर्ने काम भएको छ । जसले गर्दा बिद्यालय जस्तो पबित्र संथा निर्माण कार्यको पहिलो गाँसमै ढुंङ्गा सावित हुन पुगेको छ ।
विद्यालय रहेको आसपासको क्षेत्रमा छरपष्ट रहेको पर्चामा विवादित माननियको बदला निर्विवादित माननियहरु तथा नगरका मेयर लाई शिलन्यास गराउंदा सकारात्मक शंदेस जाने उल्लेख भएको छ ।
प्रतिक्रिया दिनुहोस