पाँचखाल । विगत लामो समयदेखि पिउने पानीको अभाव झेल्दै आएका पाँचखाल नगरवासिले अव छिट्ट सहज ढंगबाट पानी पिउन पाउने भएका छन् ।
पाँचखाल सुनकोशि बृहत खानेपानी आयोजनाको ठेक्का लागेपछि काम तिब्र गतिले अगाडी बढेको छ । २०७९ पौष १४ गते सम्म सम्पुर्ण निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएपनि कामको तिब्रतालाई हेर्दा निर्धारित समय अगाडीनै पाँचखाल वासिले पानी पिउन पाउने शंकेत देखापरेको छ ।
२०७७ असार १५ गते हुवासुई कन्काई जे.भिसंग १३४१०६५६३७ रुपैयामा ठेक्का सम्झौता भएपछि तिब्र गतिले निर्माण कार्य अगाडी बढेको उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले बताउनु भयो । अध्यक्ष लामिछानेका अनुसार उपभोक्ता समितिको कार्यालय निर्माण, आवश्यक पाईपहरु ल्याउने कार्य साथै ट्याङ्किहरु निर्माण प्रकृया तिब्र गतिले अगाडी बढेको छ ।
प्रतिक्रिया दिनुहोस