काभ्रे । आज (सोमबार) काभ्रे जिल्लामा ५८ जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिका बाट ८ महिला १४ पुरुष, धुलिखेल नगरपालिकाबाट ३ महिला ६ पुरुष, पनौती नगरपालिकाबाट ४ महिला ९ पुरुष, पाँचखाल नगरपालिकाबाट २ महिला ३ पुरुष, नमोबुद्ध नगरपालिकाबाट १ महिला १ पुरुष, तेमाल गाउंपालिकाबाट २ पुरुष, रोशी गाउंपालिकाबाट १ पुरुष, बेथानचोक गाउंपालिकाबाट २ महिला १ पुरुष र चौरीदेउराली गाउंपालिकाबाट १ पुरुष गरी ५८ जनालाई कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस