२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

मालपोत काभ्रेले आलो पालोमा सेवा दिने


२८५२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ मंसिर १३, शनिबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे (धुलिखेल) – मालपोत कार्यालय काभ्रेले स्थानीय तह अनुसार फरक फरक दिनमा सेवा प्रवाह गर्न समय तालिका सार्वजनिक गरेको छ ।
    विश्वभर कोरोना भाइस फैलिरहेको वर्तमान अवस्थामा कार्यालयबाट एकैपटक सेवा प्रवाह गर्दा कोरोना संक्रमणको जोखिम बढि हुने भएकाले कार्यालयले स्थानीय तह अनुसार फरक फरक दिनमा सेवा प्रवाह गर्ने निर्णय गर्दै सूचना प्रकाशन गरेको छ । प्रकाशित सूचना अनुसार स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्दै मंसिर १४ गतेबाट लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि सेवा प्रवाह तालिका सार्वजनिक गरिएको गरिएको प्रमुख मालपोत अधिकृत लोक वहादुर भण्डारीले जानकारी गराउनु भयो ।


    बनेपा र नमोबुद्ध नगरपालिकाको लागि आईतबार र बुधबार, पनौती र मण्डनदेउपुर नगरपालिकाको लागि सोमबार र बिहिबार र धुलिखेल र पाँचखाल नगरपालिकाको लागि मंगलबार र शुक्रबार कार्यालयबाट सेवा प्रवाह हुने र गाउँपालिकाको हकमा शनिबार बाहेक हरेक दिन सेवा प्रवाह हुने प्रकाशित सूचनामा उल्लेख छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार