काभ्रे । आज (आईतबार) काभ्रे जिल्लामा १४ जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिका बाट ५ पुरुष, धुलिखेल नगरपालिकाबाट १ पुरुष, पनौती नगरपालिकाबाट १ पुरुष, पाँचखाल नगरपालिकाबाट १ पुरुष १ महिला, नमोबुद्ध नगरपालिकाबाट १ पुरुष १ महिला, भुम्लु गाउंपालिकाबाट १ महिला, बेथानचोक गाउंपालिकाबाट १ महिला र मण्डनदेउपुर गाउंपालिकाबाट १ महिला गरी १४ जनालाई कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस