काभ्रे । आज (विहिबार) काभ्रे जिल्लामा २४ जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिका बाट ४ पुरुष ४ महिला, धुलिखेल नगरपालिकाबाट २ महिला ५ पुरुष, पनौती नगरपालिकाबाट २ महिला १ पुरुष , पाँचखाल नगरपालिकाबाट १ पुरुष, भुम्लु गाउंपालिकाबाट ३ पुरुष, नमोबुद्ध नगरपालिकाबाट १ पुरुष र तेमाल गाउंपालिकाबाट १ पुरुष गरी २४ जनालाई कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस