२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

कृषकहरुको हितमा कार्य गर्नेलाई सहयोग गर्छौ—अधिकारी, प्रतिष्ठा कृषि सहकारीको नवौं साधारण सभा सम्पन्न


२६१९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ मंसिर १९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे, पाँचखाल । पाँचखाल नगरपालिकामा रहेको २१ कृषि सहकारी मध्यको उत्कृष्ट कार्य गर्न सफल प्रतिष्ठा कृषि सहकारी संस्थाको नवौं बार्षिक साधारण सभा आज (शुक्रबार) सम्पन्न भएको छ ।

    साधारण सभाको उद्घाटन गर्दै पाँचखाल वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारीले कृषि नगरीको रुपमा अगाडी बढेको पाँचखाल नगरका कृषकहरुको हितको खातिर नगरमा रहेका कृषि सहकारीहरुले भुमिका खेल्नुपर्ने बताउनु भयो । उहाँले थप्नुभयो नगरवासिहरुको हितको खातिर कार्य गर्ने सहकारीहरुलाई आफुले सक्दो सहयोग गर्ने बताउनु भयो ।

    कृषकको जिवनस्तर उकास्न साथै समृद्ध पाँचखाल निर्माणको लागि प्रतिष्ठा कृषि सहकारीले खेलेको भुमिका अत्यन्त राम्रो रहेकोले सो कार्यलाई अझ व्यवस्थित गर्दै अगाडी बड्नुपर्ने बताउनु भयो । कृषकको हित साथै समृद्ध पाँचखाल निर्माणको प्रमुख लक्ष राखेर अगाडी बढेको वडाले सहकारीसंग सहकार्य गरेर अगाडी बढ्ने वडा अध्यक्ष अधिकारीले बताउनु भयो ।

    संस्थाको स्थापनाकाल देखि उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै ०७६ को बार्षिक साधारण सभाबाट अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनु भएका ज्ञान वहादुर थापाले कार्यक्रमको समापन गर्दै भन्नुभयो—कृषकहरुको हितको खातिर निरन्तर अगाडी बढेको सहकारी संस्थाले कृषकहरुले उत्पादन गरेको ताजा तरकारी उचित मुल्यमा संकलन, गे्रडिङ्ग र प्याकेजिंङ्ग गरी कृषकहरुको हितको लागि कार्य गर्ने तयारी गरेको बताउनु भयो । विगत बाटै कृषकहरुको हितको खातिर सस्थाले गर्दै आएको कार्यलाई कोरोनाको कारण केही समया भएको बताउनु भयो ।

    विश्वमा फैलिएको कोरोना भाईरसलाई मध्यनजर राख्दै सहकारी विकास बोर्डले जारी गरेको नीति नियम साथै निर्देशनलाई मध्यनजर राख्दै संस्थाले साधारण सभा सम्पन्न गरेको छ । संस्थाका शेयर सदस्यहरुलाई कोरोना भाईरसको संक्रमणबा सुरक्षीत राख्ने उद्देश्यका साथ सामाजिक दुरी कायम गर्दै मंसिर १५ गतेबाट आज १९ गते सम्म सदस्यहरुले संस्थाको उपस्थित माईन्युटमा हस्ताक्षर गर्ने र सुझाब संकलन गर्ने कार्य भएको थियो ।

    पाँचखाल नगरपालिका कृषि तथा सहकारी बिभाग प्रमुख इश्वर अधिकारीको उपस्थितिमा सम्पन्न कार्यक्रमको संञ्चालन संस्थाका व्यवस्थापक सुमन बानियाले गर्नुभएको थियो ।  उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष श्याम बहादुर दुलालले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा कोषाध्यक्ष शिताराम अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा संयोजक सुदर्शण अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाको स्थापना दिवसकै दिन सम्पन्न गरेको साधारण सभामा केक काटेर स्थापना दिवस मनाईएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार