२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

दुवै अध्यक्षका प्रस्ताव स्थायी कमिटीमा लैजाने नेकपाको निर्णय


२७७६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ मंसिर २०, शनिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौँ — सत्तारुढ नेकपाको सचिवालय बैठक सकिएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेका प्रस्ताव स्थायी कमिटीमा लगेर छलफल गर्ने निर्णय गरेको छ ।

    बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दुवै प्रस्ताव स्थायी कमिटीमा छलफल गर्ने त्यहींबाट पार्टीमा देखिएको संकट समाधान गरिने बताए । प्रवक्ता श्रेष्ठका अनुसार आइतबार दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बैठक बस्ने भएको छ ।

    नेकपा बैठकमा कात्तिक २८ मा दाहालद्वारा प्रस्तुत १९ पृष्ठ प्रस्ताव र त्यसको जवाफमा ओलीले मंसिर १३ मा प्रस्तुत गरेको ३८ पृष्ठ लामो प्रस्ताव स्थायी कमिटीमा छलफल हुने भएको हो ।

    ओलीले दाहालको प्रस्ताव आरोपपत्र भएको भन्दै फिर्ता लिनुपर्ने अडान राखेका छन् । तर, सचिवालयका बहुमत सदस्यले दुवै प्रस्ताव छलफलमा गइसकेको बताएका छन् । दुवै प्रस्ताव थाती राखेर साझा प्रस्ताव बनाउने ओली समूहको प्रस्ताव दाहाल–नेपाल समूहले अस्वीकार गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार