२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

एम्बुलेन्सका स्वास्थ्यकर्मीहरुलाई तालिम


२३२९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ मंसिर २०, शनिबार मा प्रकाशित ३ साल अघि
  • प्रदिप केसी  
    काभ्रे/नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय स्वास्थ्य सेवा विभाग अन्तर्गत नेपाल रेडक्रस सोसाइटी काभे्र जिल्ला शाखामा सञ्चालित ग्रामीण आपतकालीन ट्रमा प्रणाली सुद्धिकरण परियोजना क्यानेडियन रेडक्रसको सहयोग तथा धुलिखेल अस्पताल र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको साझेदारीमा एम्बुलेन्समा रहने स्वास्थ्यकर्मीहरुका लागि १४ दिने इमर्जेन्सी मेडिकल टिम तालिम धुलिखेल तालिम केन्द्रमा शनिबारदेखि सञ्चालनमा रहेको छ ।
    कार्यक्रममा बेथान्चोक गाउँपालिका चौरीदेउराली गाउँपालिका र सिन्धुपाल्चोक जिल्लाका मेलम्ची नगरपालिका, बाह्रबिसे नगरपालिका, बलेफी गाउँपालिका र इन्द्रावती गाउँपालिकाका गरी २० जनाको सहभागीता रहेको कार्यक्रमलाई उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा विभागका निर्देशक पवन गुप्ताले उक्त कार्यक्रमकले ग्रामीण भेगमा कुनै पनि अपतकालीन अवस्था सिर्जना हुँदाखेरी तािलम प्राप्त स्वास्थ्यकर्मीहरुलाई एम्बुलेन्समा परिचालन गरी बिरामीको स्वास्थ्य अवस्थालाई बिग्रन नदिई समयमै आवश्यक सेवा उपलब्ध् गराई मृत्युदरलाई कम गराउने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालनमा रहेको बताउनुभयो । साथै, मन्तव्यकै क्रममा धुलिखेल अस्पतालका आकस्मिक कक्ष प्रमुख डा. सानुकृष्ण श्रेष्ठले यस धुलिखेल भेगमात्र नभई राष्ट्रिय रुपमा नै नेपाल ग्रामीण भेगले भरिएको र पर्याप्त स्वास्थ्य सेवा उपलब्ध नभएकोले लामो यात्रा गर्न बाध्य नेपालीहरुलाई एम्बुलेन्समै स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि यो तालिम महत्वपूर्ण रहेको बताउनुभयो साथै, जिल्ला सचिव पुष्पा खड्ले तालिममा सिकेका अनुभवलाई व्यवहारमा उतारी सेवा दियो भने मात्र यसको लक्ष्य प्राप्त हुने कुरा बताउनुभयो ।
    कार्यक्रममा ट्राफिक प्रहरीले ट्राफिक नियमका तथा सडक सुरक्षाको बारेमा प्रस्तुतीकरण गरिएको थियो । नेरेसो काभ्रे जिल्ला शाखा संयोजक समुन्द्रलाल श्रेष्ठले रेक्रसले विगतमा पनि आपतकालीन कार्यमा साथ दिँदै नेपाल सरकारको सहयोगी भएर कार्य गर्दै आएको र आगामी दिनहरुमा पनि यस्तै तालिम तथा अन्य गतिविधिहरु सञ्चालन गर्दै रेडक्रसको छवि उच्च राख्ने कुरा बताउनुभयो । उक्त तालिममा जिल्ला शाखाको तर्फबाट सदस्य राजु सिग्देलको सहभागीता रहेको जानकारी अस्पताल पूर्वसेवा कार्यक्रम प्रमुख भोजराजओझाले जानकारी गराउनु भयो ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार