२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

उद्यमको १३औं साधारण सभा शुभारम्भ


२६०५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ मंसिर २०, शनिबार मा प्रकाशित ३ साल अघि
  • प्रदिप केसी
    काभ्रे,पनौती/ नगरमा सहकारीहरुमा भएका दोहोरो सदस्यताको अन्त्य गर्न सहकारी एकीकरण गर्नुपर्ने जरुरी भएको छ ।
    उक्त कुरा पनौती नगरपालिकाका स्थानीय सहकारी रजिष्टार एवम् काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संस्था लि.का कार्यवाहक अध्यक्ष इन्द्रप्रसाद अधिकारीले उद्यम विकास सहकारीको १३औं साधारण सभाको शुभारम्भ गर्दै बताउनुभयो ।
    उहाँले उद्यम सहकारीले स्तरीय सेवा प्रदान गर्दै आएको र सन्तोषजनक रुपमा प्रतिवेदनमा प्रस्तुत भएको बताउनुभयो । संस्थाले सहकारी सदस्यहरुको गुणस्तरीय सेवा दिई संस्था निर्माण पुँजी निर्माण मात्र नभई सदस्यहरुको मनोभावना अनुरुप बढ्नुपर्ने सुझाव दिनुभयो । अहिले भएका सहकारीहरुले दुई किसिमका वासलातहरु राख्ने गरेको पाइएको छ, आउँदा दिनहरुमा यस्ता सहकारीहरुलाई ऐन बमोजिम कारवाही गरिने बताउनुभयो । सहकारीले आफ्नो प्रतिवेदन वा वेबसाइटमा विवरणहरु राख्दा मसिनोभन्दा मसिनो शब्दहरुमा ख्याल राखेर ऐनमा नबाँझ्ने गरी कार्यक्रमहरु अगाडि सुझाव दिनुभएको थियो ।
    कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सुनिलसुन्दर सैंजुले व्यक्त गर्नुभएको थियो भने सल्लाहकार शिवजी सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सोही कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष रोशनकुमार श्रेष्ठले गर्नुभएको थियो भने मन्तव्यको क्रममा यसवर्ष साधारण सभाबाट आफ्ना शेयरसदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गरिएको बताउनुभयो ।
    तीन हजार ६ सय शेयरसदस्यहरुबाट शेयरपुँजी ३ करोड ८ लाख ९७ हजार रहेको संस्थाको कुल निक्षेप ३१ करोड ८० लाख ९६ हजार ४ सय ६६ र ऋण लगानी २९ करोड ५ लाख १० हजार ६ सय ९४ रहेको छ । साधारण सभा कोभिड–१९ को कारण मंसिर २० गतेदेखि २७ गतेसम्म हुने भएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार