काभ्रे,पाँचखाल । काभ्रेको पाँचखाल नगरपालिका वडा नं १० मा रहेका नेकपाका कार्यकर्ताहरु नेपाली कांङ्गे्रसमा प्रवेश गरेका छन् ।
आज (शनिबार) एक कार्यक्रमका विच नेकपा परित्याग गरी नेपाली कांङ्गे्रमा प्रवेश गर्नेहरुमा राज कुमार पुर्कोटी, रोहित पुर्कोटी, सुमन पुर्कोटी, नारायण पुर्कोटी, प्रकाश पुर्कोटी, शेखर पुर्कोटी, केदार पुर्कोटी, गोपाल पुर्कोटी लगायतका युवाहरु रहेका छन् ।
नेपाली कांङ्गे्रसका पाँचखाल वडा नं १०, वडा सभापति दिपक सापकोटा को सभापतित्वमा तथा नेपाली कांङ्गे्रसका जिल्ला सदस्य अर्जुन प्रसाद सापकोटा को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
युवा नेताहरु रत्न लुईटेल, मुकेश पन्त, गणेश अधिकारी लगाएतको नेताहरुको उपस्थितिमा सम्पन्न पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि नेपाली कांङ्गे्रसका जिल्ला सदस्य अर्जुन प्रसाद सापकोटाले नवप्रवेसिहरुलाई टिका लगाएर स्वागत गर्दै सदस्यता प्रदान गरीएको थियो ।
कार्यक्रममा नव प्रवेशि राजकुमार पुर्कोटिले भने—नेकपाले बिकाश निर्माणकार्यको नाममा कमिसन तन्त्रमा तल्लिन रहेको र दलित समुदायलाई चुनावका बेला कौडिको मुल्यमा भोट खरिद गर्न सकिन्छ भन्दै हाल जुनसुकै बिषयमा आफ्नो समुदायलाई छायामा पारेकाले नेपाली काङ्ग्रेस प्रवेश गरेको बताए । नेपाली काङ्ग्रेस पार्टी बिकाश निर्माण र चौतर्फी बिकाशको नायक रहेको कुरा बुझेकोले नेकपा परित्याग गरी नेपाली कांङ्गे्रसमा प्रवेश गरेको बताए ।
प्रतिक्रिया दिनुहोस