२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

भकुण्डेमा बजार अनुगमन, म्याद नाघेका सामग्री जफत


४००४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ मंसिर २२, सोमबार मा प्रकाशित ३ साल अघि
  • विनोद न्यौपाने
    भकुण्डेबेसी–नमोबुद्ध नगरपालिकाको मुख्य व्यापारिक केन्द्र भकुण्डे बजारका होटल तथा पसलहरु अनुगमन गरिएको छ । अनुगमनको क्रममा विभिन्न पसलमा बिक्रीका लागि राखिएका म्याद नाघेका खाद्य तथा पेय पदार्थ जफत गरिएको छ ।
    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलको संयोजकत्वमा गठन गरिएको बजार अनुगमन समितिले सोमबार नमोबुद्ध २ र ७ मा पर्ने भकुण्डे बजारका विभिन्न पसल व्यवसायको अनुगमन गरेको होे । समितिले चारवटा होटल, तीनवटा किराना पसल, दुईवटा मासु पसल, एउटा फलफूल पसल तथा एउटा होटल एवं किराना रहेको संयुक्त पसलको अनुगमन गरेको थियो । सो क्रममा अधिकांश पसलमा एउटै कम्पनीका म्याद नाघिसकेका पेय तथा खाद्य पदार्थ राखिएको पाइएको थियो । म्याद नाघेका सामग्री ती पसलबाट जफत गरिएको छ ।
    अनुगमनको क्रममा अधिकांश होटलमा वातावरणमैत्री सूचक पुरा नगरिएको, मुल्य सूची नराखिएको सरसफाइको अवस्था नाजुक रहेको पाइएको छ । अनुगमन समितिले जफत गरेका बिस्कुट, जुस लगायतका सामग्री सम्वन्धीत व्यवसायीको रोहबरमा उत्पादक कम्पनीलाई फिर्ता गर्ने गरी अहिले आफ्नो मातहतमा राखेको छ भने उच्चस्तरीय अनुगमनसहित कार्बाही प्रक्रिया अघि बढाउन सम्वन्धीत निकायमा सिफारिस गर्ने निर्णय पनि गरेको छ । अनुगमन गरिएका मध्ये कतिपय व्यवसाय दर्ता एवं नवीकरणसमेत नगरी सञ्चालन गरिएको पाइएको छ । दर्ता र नवीकरण नभएका पसल व्यवसायलाई तत्काल सम्वन्धीत निकायमा दर्ता गर्न निर्देशन दिइएको छ ।
    अनुगमन समितिमा नगरपालिकाका कर्मचारी, सञ्चारकर्मी, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्सका प्रतिनिधि, प्रहरी लगायत रहेका छन् । सोमबार पहिलो चरणमा प्रतिनिधिमुलकरुपमा बजा अनुगमन गरिएको र आगामी दिनमा अनुगमन कार्यलाई नियमितरुपमा निरन्तरता दिने नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले जानकारी दिएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार