२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

कोरोना संक्रमणबाट पूर्वदक्षिण कोरियाको राजदूत कमानसिंह लामाको निधन


२३७५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ मंसिर २५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • २५ मंसिर २०७७
    धुलिखेल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य कमानसिं लामाको निधन भएको छ । नेता लामाका छोरी ज्वाईं आइतसिं तामाङका अनुसार हिजो राती १०ः३० बजे लामाको निधन भएको हो ।

    कोरोना भाइरस संक्रमण देखिएको लामाको उपचार महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा भइरहेको थियो । ३ अघि मात्र आईसियूबाट भेन्टीलेटर कक्षमा उपचार भइरहको उनको हिजो निधन भएको लामाका ज्वाइ आइतसिं तामाङले जानकारी दिएको छ ।

    काभ्रेबाट कम्युनिष्ट आन्दोलनमा सहभागी भएका लामा काभ्रेका कम्युनिष्ट संस्थापक समेत हुन् । परिवारबाटै विद्रोह गरेर कम्युनिष्ट बनेका लामा २०३८ माघ २५, २६ र २७ गते भारतको कुसिनगरमा राष्ट्रिय भेला गरी अखिल नेपाल युवक संघ प्रचण्डको नेतृत्वमा गठन हुँदा केन्द्रिय सदस्य बनेका थिए ।

    मुलुकमा बहुदलीय व्यवस्थाको स्थापना भएपछि भएको आम निर्वाचनमा संयुक्त जनमोर्चा नेपालको तर्फबाट काभ्रे क्षेत्र नं. १ को सांसदमा समेत निर्वाचित भएका थिए । दक्षिण कोरियाको राजदूत समेत रहेका लामा पार्टी राजनीतिमा सक्रिय थिए ।

    लामो समय नेकपा (एकताकेन्द्र)को जिल्ला सेक्रेटरी, इन्चार्जको जिम्मेवारी सम्हालेका लामा केन्द्रिय सदस्य सम्मको जिम्मेवारीमा थिए । नेकपा (माओवादी) र नेकपा (एकताकेन्द्र मशाल) बीच पार्टी एकता भएपछि एकीकृत पार्टीको केन्द्रिय सदस्य, पोलिटव्यूरो सदस्य हुँदै स्थायी समिति सदस्यको समेत जिम्मेवारी सम्हालेको थिए ।

    नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच पार्टी एकता भएपनि लामा पार्टीको केन्द्रिय सदस्यको रुपमा रहेका थिए । आदिवासी जनजाति आन्दोलनको नेतामा समेत रहेका लामा पछिल्लो चरणमा आदिवासी जनजाति तथा उत्पीडित समुदायको पक्षमा वकालत गर्दै आएका थिए ।

    काभ्रेका कम्युनिष्ट आन्दोलनमा सबै नेताको रुपमा रहेको लामाको निधनले नेकपालाई अतुलनिय क्षति पुगेको छ । आम कार्यकर्ता, नेता, शुभचिन्तक, समर्थक र आफन्तजनहरुले दुःख व्यक्त गरेका छन्

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार