२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

तेमालमा वडा कार्यालय शिलान्यास


३३९३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ मंसिर २५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • २४ मंसिर २०७७
    तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. १ को वडा कार्यालय भवन शिलान्यास भएको छ । वागमती प्रदेश सांसद रत्न ढकालले एक कार्यक्रमका बीच वडा कार्यालयको शिलान्यास गरेका हुन् ।

    राज्यको नयाँ संरचना भएको ४ वर्ष वितिसक्दा पनि वडा कार्यालय बनेको थिएन । आवश्यक बजेटको अभावका कारण वडा कार्यालय भवन निर्माण हुन नसकेको वडा अध्यक्ष मानबहादुर श्रेष्ठले जानकारी दिए ।

    ४५ लाखको लागतमा निर्माण हुन लागेको उक्त भवन चैत्र मसन्तसम्ममा सम्पन्न हुने वडा अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार वडा कार्यालय भवन ६ कोठाको निर्माण हुने छ । हाल वडा पञ्चकन्य तरकारी बीउ उत्पादन सहकारीको भवनमा सञ्चालन हुँदै आएको छ ।

    शिलान्यास कार्याक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला सदस्य इन्द्र तामाङ, नेकपा महिला नेतृ पासाङ डोल्मो तामाङ, वडा सदस्यहरु, स्थानीय जनताको सहभागी रहेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार