काभ्रे । आज (शुक्रबार) काभ्रे जिल्लामा १३ जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिका बाट ३ पुरुष ३ महिला, धुलिखेल नगरपालिकाबाट ३ पुरुष, पनौती नगरपालिकाबाट १ महिला १ पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट १ महिला र महांभारत गाउंपालिकाबाट १ महिला गरी १३ जनालाई कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस