२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

काभ्रेमा स्थानिय तहबाट लालपुर्जा वितरण सुरु


१९८२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ मंसिर २९, सोमबार मा प्रकाशित ३ साल अघि
  • २९ मंसिर २०७७
    धुलिखेल । काभ्रे जिल्लाको तीन स्थानीय तहका भूमिहिन, दलित, सुकुम्बासी र अव्यवस्थित रुपमा बसोवास गरेकाहरुलाई लालपुर्जा वितरण गरिने भएको छ । भूमि सम्बन्धि समस्या समाधान आयोग र वागमती प्रदेश सरकारले यसरी लालपुर्जा वितरण गर्न लागेको हो ।

    लालपुर्जा वितरण गरिने स्थानीय तहहरुमा काभ्रेको ३ सहित वागमती प्रदेशको २८ वटा स्थानीय तह रहेको छ । काभ्रेको रोशी गाउँपालिका, बेथान्चोक गाउँपालिका, तेमाल गाउँपालिकामा पहिलो चरणमा लालपुर्जा वितरण गर्न लागेको हो ।

    भूमि सम्बन्धि समस्या समाधान आयोगले लालपुर्जा वितरण प्रक्रिया सुरु गर्न पहिलो चरणमा ती स्थानीय तहसँग हेटौंडामा सम्झौता गरेको छ ।

    भूमिहिन, दलित, सुकुम्बासी र अव्यवस्थित रुपमा बसोवास गरेकाहरुको पहिला तथ्यांक पठाएको आधारमा स्थानीय तहसँग सम्झौता गरिएको भूमि सम्बन्धि समस्या समाधान आयोगका अध्यक्ष देविप्रसाद ज्ञवालीले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार