काभ्रे । आज (मंगलबार) काभ्रे जिल्लामा १४ जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिका बाट ३ महिला १ पुरुष, धुलिखेल नगरपालिकाबाट १ महिला १ पुरुष, पनौती नगरपालिकाबाट ३ महिला ३ पुरुष र पाँचखाल नगरपालिकाबाट २ पुरुष गरी १४ जनालाई कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस