२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

अभिमुखिकरण कार्यक्रम सम्पन्न


२०६७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ पौष २, बिहिबार मा प्रकाशित ३ साल अघि
  • अपाङ्गता मैत्री शौचालय निर्माण सम्बन्धी अभिमुखिकरण कार्यक्रम मण्डनदेउपुर नगरपालिकामा बुधबार सम्पन्न भएको छ ।

    नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा काभ्रेपलाञ्चोकमार्फत् सञ्चालित समुदायमा आधारित जोखिम न्यूनिकरण कार्यक्रमको आयोजनामा अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो । मण्डनदेउपुर नगरपालिकामा ८० वटा अपाङ्गता मैत्री शौचालय निर्माण गरिने समुदायमा आधारित जोखिम न्यूनिकरण कार्यक्रमका अधिकृत शिव सुवेदीले जानकारी दिनुभयो । यस्तै नगरपालिकाका ११ वटै वडा कार्यालयहरुमा हातधुने स्टेशन र कुहिने नकुहिने फोहोर राख्ने डस्टविनहरु राखिने उहाँले बताउनुभयो ।

    अभिमुखिकरण कार्यक्रममा अपाङ्गता भएका व्यक्ति तथा परिवार, नेपाल रेडक्रस सोसाइटीका कोषाध्यक्ष महेश्वर जगंम, जिल्ला सदस्यहरु क्रमशः रघुनाथ हुमागाई, उद्धव प्रसाद पौडेल र राजु सिग्देल, समुदायमा आधारित जोखिम न्यूनिकरण कार्यक्रमका अधिकृत मधुकर श्रेष्ठ र शिव सुवेदीलगायतको उपस्थिती रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार