काभ्रे । आज (शुक्रबार) काभ्रे जिल्लामा ५ जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिका बाट १ महिला २ पुरुष, धुलिखेल नगरपालिकाबाट १ महिला र पाँचखाल नगरपालिकाबाट १ महिला गरी ५ जनालाई कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस