२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

७ मन्त्रीले दिए राजीनामा


५६४९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ पौष ५, आईतबार मा प्रकाशित ३ साल अघि
  • प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरिएकोमा आपत्ति जनाउँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह पक्षका ७ मन्त्रीले राजीनामा दिएका हुन् । पूर्वमाओवादी खेमाका गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा दिएका छैनन् ।

    मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी हुन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटन गरिएको जनाएको छ । विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६को उपधारा (१) र (७) तथा धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटन गरिएको उल्लेख छ । साथै सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख १७ र २७ गते गरी दुई चरणमा प्रतिनिधिसभा निर्वाचनको मिति पनि तोकेकी छिन् ।

    राजीनामा दिने मन्त्रीहरु

    १. गिरिराजमणि पोखरेल- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री

    २. वर्षमान पुन- ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री

    ३. घनश्याम भुसाल- कृषि तथा पशुपन्छी विकास मन्त्री

    ४. योगेशकुमार भट्टराई- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री

    ५. शक्तिबहादुर बस्नेत- वन तथा वातावरण मन्त्री

    ६. रामेश्वर राय यादव- श्रम तथा रोजगार मन्त्री

    ७. बिना मगर- खानेपानी तथा सरसफाइ मन्त्री

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार