काभ्रे । आज (सोमबार) काभ्रे जिल्लामा २२ जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिका बाट १ महिला २ पुरुष, धुलिखेल नगरपालिकाबाट ८ महिला ७ पुरुष, पाँचखाल नगरपालिकाबाट २ महिला १ पुरुष र महांभारत गाउंपालिकाबाट १ पुरुष गरी २२ जनालाई कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस