काभ्रे । आज (विहिबार) काभ्रे जिल्लामा ९ जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिका बाट २ महिला २ पुरुष, धुलिखेल नगरपालिकाबाट १ महिला, पनौती नगरपालिकाबाट १ महिला, पाँचखाल नगरपालिकाबाट १ पुरुष र मण्डनदेउपुर गाउंपालिकाबाट २ पुरुष गरी ९ जनालाई कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस