२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार


३०५० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ पौष १०, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौँ — प्रदेश १ का राज्यमन्त्रीसहित ४ जना प्रदेशसभा सदस्यले प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।

    प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री जसमाया गजमेर, प्रदेशसभा सदस्यहरू कला घले, गोपालचन्द्र बुढाथोकी र उषाकला राईले ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरेका हुन् ।

    उनीहरू ओली समूहको बैठकमा समेत गएनन् । राज्यमन्त्री गजमेरले विश्वास र भरोसाका साथ अमूल्य मत दिएको पार्टी विभाजन हुँदा जनता रोइरहेको अवस्थामा प्राप्त केन्द्रीय समितिको पद स्वीकार गर्न नसकिने बताइन् ।

    प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, उपसभामुख सरस्वती पोखरेल, प्रदेशसभा सदस्य तथा अर्थ समितिका अध्यक्ष मोहन खड्का, प्रदेशसभा सदस्य उमिता विश्वकर्मा र कुलप्रसाद शाम्बाले ओली समूहमा लागेका गृहमन्त्री थापाको साथ छाडेका छन् ।

    उनीहरूले संघर्ष बलिदानीबाट प्राप्त उपलब्धि गुमाउने र पार्टी एकता बिथोल्ने समूहमा बस्न नसक्ने बताएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार