२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

श्रीमती मार्ने श्रीमान् पक्राउ


३६९० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ पौष १३, सोमबार मा प्रकाशित ३ साल अघि
  • धुलिखेल/रोजगारीको लागि काभे्र आई पनौती क्षेत्रमा मजदुरी गर्दै आएका दम्पति घरमा जाने बाहना बनाई पनौती बाट वेथानचोक हुदै आफ्नो घर निजगड बारा जाने भन्दै जादै गर्दा बाटोमा श्रीमतिको हत्या गरी फरार रहेका श्रीमानलाई प्रहरीले पक्रन सफल भएको छ ।

    पुष ९ गते राती भण्डै ११ बजेको समयमा का.प.जि. बेथानचोक गा.पा.वडा नं.१ हात्तीडुंगा स्थित खोलाको छेउमा बर्ष ३५/४० को जस्तो देखिने महिलाको लाश सडिगली सकेको अवस्थामा फेला परेको भन्ने प्रहरीलाई खवर भएपछि खोजविन कार्य अगाडी बढेको थियो ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्र.ना.उ.को कमाण्डमा खटेको प्रहरी टोलिले धुलिखेल अस्पतालका फोरेन्सिक डाक्टर समेत लिई घटनास्थलतथा लास जाँच मुचुल्का समेतको कार्य सम्पन्न गरेको थियो । लास जाँचको क्रममा उक्त घटना कर्तव्य गरि हत्या गरेको जस्तो देखिएकोले अनुसन्धान कार्यलाई प्रहरीले तिब्र रुपमा अगाडी बढाएको थियो ।

    थप अनुसन्धानको क्रममा मृतक महिलाजिल्ला नुवाकोट ओखरपौवा गा.बि.स. वडा नं. १ घर भई जिल्ला बारा निजगढ न.पा. वडा नं.२ बस्ने बर्ष ५३ को जीवन नेपालीको श्रीमती बर्ष ४३ की सिता नेपाली भन्ने खुल्न आएको थियो । मृतकको देवर राजेन्द्र कुमार नेपालीले मृतक लाश सनाखत गरी पुष १० गते कर्तब्य ज्यान मुद्धामा जाहेरी दरखास्त दिएको र मृतकको श्रीमान् उद्धब भन्ने जीवन नेपाली घटना पश्चात सम्पर्कमा नरही फरार रहेको हुँदा निजलाई पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेबाट बारा,पर्सा, मकवानपुर समेतमा प्रहरीटोली खटाई पठाईएकोमा प्रहरी टोलीले पुष १३ गते जिल्ला मकवानपुर हेटौडा उप महानगरपालिका वडा न.१० बसपार्कबाट पक्राउ गरि काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद थप भई थप अनुसन्धान कार्य भई रहेको छ ।

    पक्राउ परेका नेपालीलाई घटनाको बारेमा प्रारम्भिक सोधपूछ गर्दा जीवन नेपाली तथा मृतकश्रीमती पनौती, बेथानचोक एरियामा घर बनाउने मिस्त्रीको काम गर्ने गरेको, निजहरु बिचआर्थिक कारोबार सम्बन्धमा बाद बिवाद हुने गरेको र मंसिर २३ गते जिल्ला काभ्रेपलाञ्चोक पनौतीबाट बेथानचोक खानीखोला हुँदै निजगढ बारा जाने भनि श्रीमतीलाई सँगै लिई का.प.जि. बेथानचोक गा.पा.वडा नं.१ हात्तीडुंगा स्थित खोलाको छेउमा रातको अ.९ बजेको समयमा पुगि मृतक श्रीमती सिता नेपालीलाई हात तथा लात्तीले प्रहार गरी हत्या गरेको प्रहरी समक्ष बयान दिएको जानकारी प्राप्त भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार