२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

इन्स्पेक्टर शर्मा निलम्बित


२६३५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ पौष २३, बिहिबार मा प्रकाशित ३ साल अघि
  • २३ पुस, काठमाडौं । महानगरीय प्रहरी वृत्त, थानकोटको मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक गायत्रीराज शर्मालाई निलम्बन गरिएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालको सिफारिसमा गृह मन्त्रालयले शर्मालाई निलम्बन गरेको हो ।

    महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एक अधिकृतका अनुसार सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अभियोगमाथि छानविन थाल्न उनलाई निलम्बन गरिएको हो ।

    थानकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) घनश्याम श्रेष्ठले गरेको रिपोर्टिङका आधारमा काठमाडौंका एसएसपी अशोक सिंहले शर्माविरुद्ध छानविन थालेका थिए । शर्मालाई निलम्बन गरिएसँगै छानविनका लागि छुट्टै समिति बनाउने तयारी छ ।

    कलंकीमा भएको एक दुर्घटनामा अनुसन्धान प्रतिवेदन ढिला बुझाएर नियमित प्रक्रियालाई लम्ब्याएको अभियोग शर्मामाथि छ । त्यसवापत उनले हिरासतमा रहेका व्यक्तिका निकटस्थसँग रकम लिएको आरोप लगाइएको छ ।

    तर, शर्माले भने रकम लिएको अस्वीकार गरेका छन् । डीएसपी श्रेष्ठले आफूमाथि पूर्वाग्रह राखेको उनले गुनासो गर्ने गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार