२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

एक वर्षभित्र मण्डनदेउपुर नगरपालिका आफ्नै भवनमा


२६९८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ माघ १७, शनिबार मा प्रकाशित ३ साल अघि
  • प्रदिप केसी
    महादेवस्थान/मण्डनदेउपुर नगरपालिकाको सुविधा सम्पन्न भवन बन्ने भएको नगर प्रमुख टोकबहादुर वाइबाले जानकारी दिनुभयो ।

    मण्डनदेउपुर नगरपालिकाको वडा नं. ७ को मनमती डाँडामा २५ रोपनी जग्गा खरिद गरी करिब २ करोड ७ लाख ५० रुपैयाँमा जग्गा खरिद गरिएको हो, नगर प्रमुख वाइबाले बताउनुभयो । मुख्य भवन अंग्रेजी सि आकारको हुनेछ भने सो भवनको प्रत्येक तलामा २५ वटा कोठा हुनेछ भने २.५ तले भवन बन्ने छ, नगरपालिकाका सव–इन्जिनियर हरिशरण ढकालले जानकारी दिनुभयो ।

    ठेकेदार कम्पनीले ४३ करोड ६१ लाखमा ठेक्का प्राप्त गरेको हो भने निर्माण सम्पन्न गरी भवन नगरपालिकालाई २ वर्ष जिम्मा लगाउने छ भने १ वर्षभित्र १ तला भवन निर्माण गरी आउँदो १ वर्षमा नगरपालिका कार्यालय आफ्नै भवनमा सरी काम कार्य थालनी गर्ने प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले बताउनुभयो । कार्यालयको भवन निर्माणको अलावा प्रशासनिक भवन, बैठक हल, क्यान्टिन लगायत स्टाफ आवास, जनप्रतिनिधि आवास, दुई इन्टान गेट, गार्ड हाउस, जेनेरेटर हाउस, कम्पाउण्ड गरी घेरिने छ । उक्त प्रशासनिक भवन २ रोपनी क्षेत्रफलमा बन्नेछ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार