२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

प्रत्येक नागरिकको घरघरमा स्वास्थ्य सेवा दिन्छौं- खरेल


४४१३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ फागुन ८, शनिबार मा प्रकाशित ३ साल अघि
  • पाँचखाल । पाँचखाल नगरका नगर प्रमुख महेश खरेलले शहरी स्वस्थ्य केन्द्रको उद्घाटन गर्नुभयो ।
    शहरी स्वास्थ्य केन्द्र उद्घाटन गर्दे प्रमुख खरेलले नगरवासीको घरघरमा स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
    पाँचखाल नगरपालिका वडा नं ३ मा सञ्चालन भएको शहरी स्वास्थ्य केन्द्र आन्तरिक व्यवस्थापनमा ल्याइएको सेवा केन्द्र नगरपालिकाकै कर्मचारीलाई व्यवस्थापन गरेर सञ्चालन भएको हो ।
    स्वास्थ्य केन्द्र उद्घाटन पछि भएको कार्यक्रममा नगरप्रमुख खरेलले प्रत्येक नागरिकको घरघरमा स्वास्थ्य सेवा पुर्याउने उदेश्यले शहरी स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको बताउनु भयो । ६५ बर्ष भन्दा बढि उमेरका आमाबुबालाई प्रत्येक घरमा पुगेर मुस्कान सहित स्वास्थ्य जाँच गर्ने तयारी गरेको खरेलले बताउनु भयो ।
    कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झा, पाँचखाल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उज्वल अधिकारी, पाँचखाल नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारी लगायतले स्वास्थ्य केन्द्रबारे आ—आफ्नो धारण राख्नुभएको थियो ।
    स्वास्थ्य सेवा सुलभ बनाउने उदेश्यले नागरिकलाई स्वास्थ्यको पँहुच पुर्याउनका लागि वडाको विशेष पहलमा शहरी स्वास्थ्य केन्द्र स्थापना भएको पाँचखाल ३ का वडा अध्यक्ष अधिकारीको तर्क रहेको छ ।
    कार्यक्रममा नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवार, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगगाई, शिक्षा शाखा प्रमुख दिनानाथ पन्थी, लेखा प्रमुख विदुर कुमार धिमाल, सुनकोशी पाँचखाल खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछाने, पाँचखाल १३ का वडा अध्यक्ष सुकविर लामा, पाँचखाल उद्योग बणिज्य संघका अध्यक्ष राजन कार्की लगायतको सहभागिता रहेको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार