२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

आना क्लब मार्फत भगवतीलाई जग्गा


२०७७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ फागुन १८, मंगलबार मा प्रकाशित ३ साल अघि
  • पलाञ्चोक-मुलुककै ऐतिहासिक एवं पुरातात्वीक महत्व भएको पलाञ्चोक भगवती मंन्दिरको हातामा रहेको जग्गा खरिदको लागि पलाञ्चोक भगवती पार्कीङ्ग जग्गा प्राप्ती समिति गठन भएको छ ।

    मंन्दिरका मुल समिति, पाँचखालका जनप्रतीनिधिहरु, स्थानियहरु समेतको उपस्थितिमा भएको भेलाबाट पाँचखाल वडा नं ९ का वडा अध्यक्ष किरण श्रेष्ठको संयोजकत्वमा पलाञ्चोक भगवती पार्कीङ्ग जग्गा प्राप्ती समिति गठन भएको छ ।

    मन्दिरको क्षेत्रभित्र पर्ने (हाल सवारी पार्कीङ्ग गर्दै गरेको जग्गा) व्यक्तिको भएकोले उक्त जग्गा खरिद गर्न अति आवश्यक (मंन्दिरमा आउने भक्तजनको सवारी साधन पार्कीङ्गको लागि) भएकोले खरिद प्रकृयाको लागि समिति गठन भएको जानकारी प्राप्त भएको छ ।

    मन्दिरमा आउने भक्तजनहरुले सवारी पार्किङ्ग गर्दै आएको ८१ आना मध्य १० आना खरिद भै सकेको, १२ आना बैना भएको र अन्य जग्गा खरिद प्रकृयामा रहेको छ । जग्गा धनिहरुले मन्दिरको हितको लागि सहज ढंगबाट जग्गा उपलब्ध गराउने मनसाय व्यक्त गरेकोले खरिद प्रकृया अगाडी बढेको पलाञ्चोक भगवती पार्कीङ्ग जग्गा प्राप्ती समितिका संयोजक किरण श्रेष्ठले जानकारी गराउनु भयो ।

    पार्किङ्ग जग्गा खरिको लागि मन्दिर कोषसंग पुजीको अभाव भएकोले पुजी व्यवस्थापनको लागि पाँचखाल नगरका प्रमुख (मेयर) महेश खरेलको संयोजकत्वमा आना क्लबको गठन भएको छ । आना क्लवमा सहभागी हुन चाहने दानविरहरुले पलाञ्चोक भगवती पार्कीङ्ग जग्गा प्राप्ती समितिको नाममा रहेको कृषि बिकास बैक खाता नं ०२१२७०१८०८०६६०१५ र नेपाल बैक खाता नं १२४००१०६९८६६०५०००००१ मा रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाएको छ ।

    पार्कीङ्ग जग्गा खरिदको लागि प्रतिआना तीन लाखमा सहमती भएकोले पलाञ्चोक भगवतिलाई जग्गा दानगर्न चाहने दानविरहरुले तीन लाख उल्लेखित बैंक खातामा रकम जम्मा गरी जग्गा दानगर्न सक्ने व्यवस्था मिलाएको छ । कसैले एक आना भन्दा बढी जग्गा दानगर्न चाहेमा प्रति आना तीन लाखको दरले रकम जम्मा गर्न पाउने व्यवस्था मिलाईएको जानकारी प्राप्त भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार