२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

काभ्रेली युवाको शव दक्षीणकाली जंगलमा


२४३८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र ६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ६ चैत, काठमाडौँ। दक्षिणकाली नगरपालिका–१, खहरेमा भेटिएको दुईजनाको शवको सनाखत भएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार मृत्यु हुनेमा नुवाकोटका १६ वर्षीया अर्जुन खड्का र काभ्रेका १८ वर्षीया मंगल तामाङ छन् ।

    प्रहरीका अनुसार खड्का असनको टेउडा स्कुलमा कक्षा १० मा पढ्ने विद्यार्थी हुन् भने तामाङ क्षेत्रपाटीको जिपी स्कुलमा कक्षा १० मा पढ्थे । दुवै जना बांगेमुढामा बस्ने गरेको पाइएको काठमाडौं प्रहरीका प्रवक्ता एवं एसपी रमेशबहादुर बस्नेतले बताए ।

    शुक्रबार दिउँसो दुई जनाको शव भेटिएलगत्तै काठमाडौं प्रहरी प्रमुख सिंह, एसपी बस्नेतसहितको टोली घटनास्थल पुगेको थियो । केन्द्रीय प्रहरी कुकुर विद्यालयबाट विशेषज्ञ कुकुर ल्याएर घटनास्थलमा छाडिएको थियो र फरेन्सिक विज्ञसहितको टोलीले जाँच गरेपछि शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार