२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

जापानमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको खतरा


२१४५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र ७, शनिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौँ – जापानमा शनिबार ७ दशमलब २ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि सुनामीको खतरा बढेको अधिकारीहरुले जानकारी दिएको जनाएको छ ।

    मियागी प्रान्तको समुद्री तटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएपछि एक मिटर अग्लो सुनामी आउनसक्ने जापानी मेटेरोलोजिकल एजेन्सीले जनाएको छ ।हालसम्म यस भूकम्पको हताहती र क्षतिको बारेमा केही जानकारी आएको छैन । स्थानीय समयअनुसार साँझ ६ बजेर ९ बजे ठूलो भूकम्पको झट्का महसुस भएको थियो ।

    अहिले सो क्षेत्रको २ सय घरपरिवार विद्युतविहीन भएका छन् । मियागी प्रान्तो सेन्दाई शहरमा ठूलो भूकम्पको झट्का महसुस भएको त्यहाँका स्थानीयले बताएका छन् । राजधानी टोक्योमा समेत भूकम्पको झट्का अनुभव गरिएको थियो । अहिले सो क्षेत्रका रेल सेवाहरु बन्द गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार