२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

ट्रक दुर्घटना हुंदा एकै परिवारका तीनको मृत्यु


२६२४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र ७, शनिबार मा प्रकाशित ३ साल अघि
  • लमजुङ — मनाङको नासों गाउँपालिका ४, खोत्रोमा शनिबार दिउँसो ट्रक दुर्घटना हुँदा नाबालकसहित एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

    लमजुङको बेंसीसहरबाट मनाङको चामे जाँदै गरेको ध१ख ५९२ नं. को ट्रक मनाङको नासों गाउँपालिका ३, खोत्रोमा सडकबाट करिब ४५ मिटर तल मर्स्याङ्दी नदीमा खस्यो ।

    लमजुङ बेंसीसहरबाट सिमेन्ट बोकेर मनाङ सदरमुकाम चामे जाँदै गरेको ध१ख ५९२ नं. ट्रक दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । मनाङका डीएसपी सुवास खड्काका अनुसार दुर्घटनामा परेर मनाङको नासों गाउँपालिका ४, ओडार गाउँका अन्दाजी ७ वर्षीय लिउन गुरुङ, ३५ वर्षीया मनिषा गुरुङ र २६ वर्षीया जलकाशी गुरुङ छन् । मृतक लिउन मनिषाको छोरा हुन् । मनिषा र जलकाशी दिदीबहिनी हुन् ।

    प्रनाउ खड्काका अनुसार सिमेन्ट बोकेर जाँदै गरेको ट्रक उकालो चढ्ने क्रममा अनियन्त्रित भइ ‘ब्याक’ हुँदा सडकबाट करिब ४५ मिटर तल मर्स्याङ्दी नदी किनारमा खसेको हो । दुर्घटनामा ट्रकका चालक लमजुङका सुमन तामाङ, सहचालक लक्ष्मण नेपाल, नासों गाउँपालिका अन्दाजी ७ वर्षीय थिउन गुरुङ, ६ वर्षीय निहल र चामे गाउँपालिका ४ का २५ वर्षीय धनमान विश्वकर्मा रहेका छन् । शनिबार दिउँसो करिब साढे ३ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार दुर्घटनाका घाइते भएकालाई उपचारका लागि बेंसीसहरस्थित जिल्ला अस्पतालतर्फ पठाइएको छ । मृतक ३ जनाको पोस्टमार्टमका लागि जिल्ला अस्पताल मनाङमा पठाइएको प्रहरीले जनाएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार