२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

कोरोनाको खतरा बढ्ने शंकेत, जोगीनको लागि भिडहुने कार्य नगर्न अनुरोध


२६२६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र ९, सोमबार मा प्रकाशित ३ साल अघि
  • चैत्र ८ काठमाडौँ ____ छिमेकी मुलुक भारत लगायतका देशहरुमा कोभिड–१९ संक्रमण तीव्र रुपमा बढेपछि नेपालमा पनि सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबार विज्ञप्ति जारी गर्दै सावधानी अपनाउन आग्रह गरेका हुन् । नेपालमा कोरोना संक्रमण बढ्ने अवस्थालाई मध्यनजर गर्दै भीडभाड हुने कुनैपनि कार्यक्रम तथा व्यवसाय नगर्न विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।

    ‘ कोरोना संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, सम्मेलन, जुलुस, ¥याली, गोष्टी, सेमिनार, भीडभाड हुने व्यवसाय र कार्यहरु नगर्नुहुन अनुरोध गर्दछौँ ’ विज्ञप्तिमा भनिएको छ ।

    विज्ञप्तिमार्फत विगतमा जारी गरिएको स्वास्थ्य मापदण्डलाई कायम गर्दै मास्कको उचित प्रयोग र भौतिक दुरी कायम गर्न मन्त्रालयले आग्रह गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार