२०८१ कार्तिक १६, शुक्रबार | Fri, 01, Nov, 2024

मास्क नलगाई हिँडे कारबाही


३०८२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र ११, बुधबार मा प्रकाशित ३ साल अघि
  • ११ चैत, काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाराले मास्क नलगाई घरबाहिर हिड्नेलाई कारबाही गर्ने भएको छ । भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेसँगै सतकर्तता अपनाउन भन्दै प्रशासनले मास्क नलगाई बाहिर हिड्नेलाई कारबाही गर्ने भएको हो ।

    डीसीसीएमसीको मंगलबार बसेको बैठकले मास्क नलगाई हिँडेको पाइएमा संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने निर्णय भएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । प्रशासनले कोरोना संक्रमणको जोखिमबाट बच्न फागुपूर्णिमा (होली)मा भिडभाड नगर्न भनेको छ ।

    सीमानाकाबाट आउने यात्रुहरुको आवतजावतलाई व्यवस्थित गरी उनीहरुको अनिवार्य रुपमा अभिलेख राख्ने तथा नेपाल प्रवेश गर्ने यात्रुलाई अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गराए मात्र प्रवेश गर्न दिने सूचनामा उल्लेख छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार