२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

पत्रकार महासंघमा चार काभ्रेलीकोे उम्मेदवारी


२८५८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र १४, शनिबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ केन्द्रको यहि चैत्र २५ गते सम्पन्न हुने निर्वाचनको लागी चार काभ्रेलीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

    उम्मेदवारी दर्ता गराउनुहुने काभ्रेलीहरुमा माधव दुलाल केन्द्रिय कोषाध्यक्ष, नारायण सापकोटा केन्द्रिय लेखा समिति सदस्य, बसन्तकुमार श्रेष्ठ केन्द्रिय सदस्य (खुल्ला) र रमा दाहाल केन्द्रिय सदस्यमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।

    केन्द्रिय कोषाध्यक्षमा उम्मेदवारी दर्ता गराउनु हुने माधव दुलाल विगत लामो समयदेखी काठमाडौमा रहेर पत्रकारीता क्षेत्रमा सकृय हुनुहुन्थ्यो । त्यसैगरी केन्द्रिय लेखा समिति सदस्यमा उम्मेदवारी दर्ता गराउनु हुने नारायण सापकोटा पत्रकार महांसंघ काभे्र शाखामा एक कार्यकाल कार्यसमिति सदस्य, दुई कार्यकाल सह—सचिब र एक कार्यकाल अध्यक्षको भुमिका निर्वाह गरिसक्नु भएको छ ।

    त्यसैगरी केन्द्रिय (खुल्ला) सदस्यको उम्मेदवार बसन्तकुमार श्रेष्ठ विगत लामो समयदेखी पत्रकारीता क्षेत्रमा निरन्तरता दिदै आउने क्रममा १७ बर्ष अगाडीबाट आजको तिब्बत नामक द्वैमासिक पत्रिकाको प्रधान सम्पादक एवं प्रकासकको भुमिका निर्वाह गर्दै आउनु भएको छ । उहां विगत लामो समयदेखी पत्रकार महासंघ काभे्र शाखामा सदस्य रहनु भएको थियो । मोतीराम तिमल्सिना नेतृत्वको पत्रकार महासंघ काभे्र शाखाले सदस्यता नविकरण नगरी सदस्यता खारेजी गरेपछि ललितपुर शाखाबाट सदस्यता प्राप्त गरी उम्मेदवारी दर्ता गराउनु भएको छ । केन्द्रिय सदस्यको उम्मेदवारी दर्ता गराउनुहुने रमा दाहाल पत्रकार महांसंघ काभे्र शाखामा एक कार्यकाल सदस्य, एका कार्यकाल कोषाध्यक्ष, एक कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हाली सक्नु भएको छ ।

    नेपाल पत्रकार महांसंघको ७० बर्षको इतिहासमा काभे्रले पहिलो पटक केन्द्रमा चार जनाले उम्मेदवारी दिनुभएको छ । यस भन्दा अगाडी नेपाल पत्रकार महांसंघ काभे्र शाखाका पुर्व अध्यक्ष भोला थापाले उम्मेदवारी दर्ता गराउनु भएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार