२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

जनआन्दोलनका घाइते मुकेशलाई ‘बनेपा तारा’ सम्मान


२५९८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र १५, आईतबार मा प्रकाशित ३ साल अघि
  • बनेपा- जनआन्दोलन २०६२/६३ का घाइते काभ्रेपलाञ्चोक बनेपाका मुकेश कायस्थलाई बनेपा नगरपालिकाले स्थापनाको ४०औँ स्थापना दिवसका अवसर पारेर ‘बनेपा तारा’ पदकद्वारा सम्मान गरेको छ ।नगरपालिकाको स्थापना दिवसका अवसरमा शनिबार उनलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले नगद रु १० हजारसहित ‘बनेपा तारा’ पदकबाट सम्मान गरेका हुन् । सम्मानपछि उपप्रधानमन्त्री पोखरेलले मुकेश कायस्थको स्वास्थ्य अवस्था र अन्य अवस्थाबारेमा जानकारी लिए ।

    अझै पनि ओछ्यानमै उपचार गराइरहेका उनलाई बुबा कृष्णमान, आमा मीरा र आफन्तले ओछ्यानमै राखेर कार्यक्रमस्थल ल्याएका थिए । सो क्रममा आमा मीराले मुकेशको अवस्थाबारे जानकारी दिएकी थिइन् ।  मुकेशले विस्तारै चलमल गर्ने, मुस्कान दिन थाल्नेजस्ता प्रतिक्रिया दिन थालेको उनले बताइन् ।

    मुकेशको स्वास्थ्य अवस्थामा तुलनात्मकरूपमा पहिलाको भन्दा धेरै सुधार हुँदै आएको सो अवसरमा उनले बताइन् । बनेपा नगरपालिका–८ स्थायी घर भएका मुकेश विसं २०६२ चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागि अचेत भएका थिए ।

    कार्यक्रममा नगरपालिकाका संस्थापक प्रमुख डा सुरेन्द्रबहादुर बादे श्रेष्ठ ‘बनेपा भाष्कर’ सम्मानद्वारा सम्मानित भएका छन् । यस्तै इलाका प्रहरी कार्यालय बनेपाका तत्कालीन प्रमुख प्रहरी निरीक्षक (हाल प्रहरी नायब उपरीक्षक) हुनुभएका सुनिलजङ्ग शाह र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती ‘बनेपा सेवा पदक’द्वारा सम्मानित भएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार