२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

इनारमा डुबेर बालकको मृत्यु


३३६७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र १५, आईतबार मा प्रकाशित ३ साल अघि
  • १५ चैत, तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा आइतबार सात वर्षीय बालकको डुबेर मृत्यु भएको छ । सोही स्थान निवासी देउबहादुर गागा मगरका छोरा डिक्सनको इनारमा डुबेर मृत्यु भएको हो ।

    स्थानीयले पानी प्रयोग गर्न खनेको इनारमा बालक डिक्सनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इनारमा डुबेर सख्त घाइते भएका बालकको उपचारका लागि दमौली अस्पतालमा पुर्‍याएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

    त्यसैगरी व्यास नगरपालिका–२ गणेशमान चोकमा एक बालकलाई ठक्कर दिएर फरार भएको पल्सर मोटरसाइकललाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको व्यास नगरपालिका–१३ बेनीकोट घर भएका तीन वर्षीय रोनिक थापालाई ठक्कर दिई फरार रहेको लु ७० प ७९३० नम्बरको पल्सर प्रहरीले नियन्त्रणमा लिएको हो । ठक्करबाट सख्त घाइते भएका ती बालकको पोखरास्थित गण्डकी मेडिकल सेन्टरमा उपचार भैरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार