२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

रातोमाटो खन्दा गयो ज्यान


२२६३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र १८, बुधबार मा प्रकाशित ३ साल अघि
  • १८ चैत्र, डोटी । डडेल्धुरामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका–८ उग्रतारा मन्दिर फेदमा रातो माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर अमरगढी–७ कि अन्दाजी ४५ वर्षीया नारुदेवी ऐरीको मृत्यु भएको हो । घटनामा अन्य दुई जना घाइते भएका छन् ।

    घाइते हुनेमा स्थानीय शारदा ऐरी र कल्पना विक रहेका छन् । बिशु पर्वको अवसरमा घर पोत्नका लागि रातो माटो खन्ने क्रममा चार जना महिला पुरिएका थिए । चार जनामध्ये तीनजनाको उद्दार गरिएको डडेल्धुरा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए। उद्दार गरिएका तीन जनामध्ये एकजना सकुशल छिन् ।

    घाइते दुईजनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सुदूरपश्चिका पहाडी जिल्लाहरुमा बिशु पर्वको अवसरमा रातो माटो र कमेरो माटोले घर छ्यापेर चिटिक्क बनाउने चलन छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार