२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

काभ्रेको मण्डनदेउपुरमा ‘हरित पार्क’


२५९९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख २, बिहिबार मा प्रकाशित ३ साल अघि
  • मण्डनदेउपुर । एक पालिका एक हरित पार्क योजना अनुसार निर्माण भएको काभ्रेको मण्डनदेउपुर नपा–१० जोगीटारमा हरित पार्कको उद्घाटन भएको छ । पार्कको उद्घाटन एक कार्यक्रमका बीच वागमती प्रदेश सभा सदस्य सांसद लक्ष्मण लम्सालले बुधवार गरेका हुन् ।

    उद्घाटनसँगै उक्त हरित पार्क नयाँ वर्ष २०७८ सालको उपलक्ष्यमा सर्वसाधारणका खुल्ला गरिएको गरिएको छ ।

    हरित पार्कको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लम्सालले निर्वाचनको बेला गरेको प्रतिवद्धताहरु पुरा हुँदै आएको बताए । ‘हरेक विकास निर्माणमा सबै वर्गक्षेत्र र समुदायको समान सहभागीता, सकारात्मक भवना तथा प्रतिवद्धता आवश्यकता रहन्छ ।’ उनले भने, ‘हरितपार्कलाई नयाँ ढंगले संचालनमा ल्याउन प्रदेश सरकारले सक्दो सहयोग गर्नेछ ।’

    यसैगरी मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईवाले जिल्लाकै कान्छो नगरपालिका भएपनि भौतिक संरचना निर्माण, प्रसाशनीक काम र नीति निर्माणमा जिल्लाकै अग्रणी नगरको रुपमा उदय भएको दावी गरे । ९५ सय घरधुरी मध्ये ५५ सय घरधुरीलाई खानेपानीको व्यावस्था भैसकेको बताउँदै नगर प्रमुख वाइबाले पार्क निर्माणका लागि नगरले स्थानीयको माग बमोजिम सहयोग गरेको बताए ।

    आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरि सञ्चालनमा आएको हरित पार्क १० रोपनी क्षेत्रफलमा फैलिएको छ । पार्क निर्माणका लागि डिभिजन वन कार्यालय धुलिखेलको १० लाख रुपैंय र स्थानीय संघसंस्था र समाजसेवी, व्यक्तीहरुबाट सहयोग संकलन गरी १८ लाख २१ हजार लागतमा निर्माण कार्य सम्पन्न गरिएको जोगीटार हरितपार्क निमार्ण समितिका अध्यक्ष श्यामप्रसाद नेपालले जानकारी दिए । उनका अनुसार पार्कभित्र बाल बगैचा, लभ स्टेशन, सेल्फी चौतारी, र भ्यूटावर, वाईटिङ स्टेशन र पिकनिक स्पोट संचालनमा आएको छ ।

    कार्यक्रममा वडा अध्यक्ष विष्णुमणी नेपाल, नेपाली काँग्रेस काभ्रेका उपसभापति अच्यूत पौड्याल, डिभिजन वन कार्यालयका धुलिखेलका प्रमुख देविचन्द्र पोखरेल, समाजसेवी कश्यप पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार