२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

भारतमा एकैदिन झण्डै तीन लाख नयाँ संक्रमित थपिए, दुई हजारभन्दा बढीको मृत्यु


२३०३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख ८, बुधबार मा प्रकाशित ३ साल अघि
  • ८ वैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का दुई लाख ९५ हजार ४१ नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा २ हजार २३ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । त्यस्तै भारतमा सक्रिय संक्रमितको संख्या पनि साढे २१ लाख नाघेको छ ।

    यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या एक करोड ५६ लाख नाघेको छ । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख ८२ हजार नाघेको छ ।

    उत्तर प्रदेशमा २९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने दिल्लीमा २८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका हुन् । कर्नाटकमा पनि २१ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने केरलामा नयाँ संक्रमितको संख्या १९ हजारभन्दा धेरै छ ।

    भारतमा कोरोना संक्रमण बढेसँगै दिल्लीमा सोमबारदेखि एक साताको लागि लकडाउनको घोषणा गरिएको छ भने उत्तर प्रदेशले पनि साताको दुई दिन लकडाउनको घोषणा गरेको छ । त्यस्तै अन्य राज्यले पनि संक्रमण नियन्त्रणको लागि भन्दै सामाजिक गतिविधिमा कडाइ गरेका छन् । तर, संक्रमण भने नियन्त्रणमा आएको छैन । भारतमा अहिलेसम्म १३ करोड १ लाखभन्दा धेरै डोज कोरोना खोप दिइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार