२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

काभ्रेमा आज २३ लाई कोरोना पुष्टि


२०८१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख १०, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • बैशाख १०, काभ्रे । काभ्रेमा आज (शुक्रबार) थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण हुनेमा सबै भन्दा धेरै धुलिखेल नगरपालिकाका रहेका छन् ।

    जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज थपिएका नयाँ संक्रमित धुलिखेल नगरपालिकामा ६ जना, बनेपामा ४  जना, पाँचखाल नगरपालिकामा ४, पनौतीमा २, नमोबुद्ध नगरपालिकामा २, मण्डनदेउपुर नगरपालिकामा २, रोशी गाउँपालिकामा २  र चौरिदेउराली गाउँपालिकामा १  जना गरि जम्मा २३ जनालाइ कोरोना संक्रमण पुष्टी भएको हो।

    योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या ८२ रहेको छ । जसमा ३९ जना महिला र ४३ जना पुरुष रहेका छन् । यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ३४ सय ९० पुगेको कार्यालयको जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार