१३ वैशाख, काठमाडौं । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–५ मजुवास्थित ताम्ली खोलाको दहमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
खोलाको छेउमा खेल्ने क्रममा ढुंगाबाट चिप्लेर दहमा डुबेर ६ वर्षीया जेनिशा विकको आइतबार दिउँसो मृत्यु भएको हो । यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ स्थित भोटेकोशी नदीमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ ।
भोटेकोशी गाउँपालिका–१ मा निर्माणाधीन मध्यभोटेकोशी हाइड्रोपावरको सुरुङ मार्गमा काम गर्ने बैतडी डोगडाकेदार गाउँपालिकाका २६ वर्षीय रमेशबहादुर साउदको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस