२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

स्काभेटर पुरिँदा चालकको मृत्यु


४२८४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख १३, सोमबार मा प्रकाशित ३ साल अघि
  • भूमे गाउँपालिका–८ सिमखोला (पूर्साबाङ)मा बाटो खन्ने क्रममा माथिबाट झरेको सुख्खा पहिराले पुर्दा स्काभेटर चालकको मृत्यु भएको छ । आइतबार साँझ सडक खनिरहेका बेला एक्कासि झरेको सुख्खा पहिराले स्काभेटर पुरिँदा भूमे–१ लुकुमका ४२ वर्षीय कर्णवीर पुनको ज्यान गएको इलाका प्रहरी कार्यालय खाबाङका प्रहरी प्रमुख सविन शाहले जानकारी दिए । पहिराले पुरेको स्काभेटरको बकेट मात्र देखिएको छ ।

    घटना भएलगत्तै प्रहरी घटनास्थलमा पुगे पनि तत्काल उद्धार सम्भव नभएको उनले बताए । अहिले सो ठाउँमा अर्को डोजरको सहायताले माथिबाट झरेको पहिरो हटाउन शुरुआत गरिएको बताइएको छ । उनका अनुसार पुर्साबाङ–रुकुकोट–कुचिवाङ–कोर्जा–तमारी–लावाङ सडकखण्डअन्तर्गतको पुर्साबाङमा सडक खन्ने क्रम जारी रहेको थियो ।

    उक्त ठाउँमा कमजोर माटो भएको हुँदा मानिसले नै खन्ने र उपकरणको प्रयोग नगर्ने भनिएको गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताए । उनले ठेकेदार कम्पनीले उपकरण प्रयोग गरेपछि घटना भएको जानकारी दिए  ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार