काभ्रे। आज बैशाख १५ गते (बुधबार) काभ्रेमा ५० जनालाई कोरोना पुष्टि भएको जिल्ला स्वस्थ्य कार्यालय काभ्रेले जानकारी गराएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार बनेपा नगरपालिका बाट ४ महिला ४ पुरुष, धुलिखेल नगरपालिकामा ६ महिला ५ पुरुष, मण्डनदेउपुर नगरबाट २ महिला, पनौती नगरपालिकामा ९ पुरुष १५ महिला, खानिखोला गाउंपालिकामा १ पुरुष, बेथानचोक गाउंपालिकामा १ पुरुष, पाँचखाल नगरमा २ महिला र नमोबुद्ध नगरपालिकामा १ पुरुष गरी ५० जनालाई कोरोना पुष्टि भएको छ । आज सम्म काभ्रेमा ३ हजार ६ सय १९ लाई कोरोना संक्रमित भएको छ ।
प्रतिक्रिया दिनुहोस